अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध

ललितपुरको मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध


काठमाडौं-ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध गर्ने भएको छ।

मंगलबार महानगर प्रहरी बलले सूचना टाँस्दै मंसिर २४ गतेदेखि मंगलबजारदेखि लगनखेल क्षेत्र ‘फुटपाथ पसल निषेधित क्षेत्र’ हुने महानगर प्रहरी बल प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो। 

उहाँका अनुसार यही मंसिर २४ गतेदेखि उक्त क्षेत्रमा फुटपाथ राख्न नदिने निर्णय भएको छ, जसका लागि अहिलेदेखि नै सूचना टाँसेर सूचित गराउने काम भइरहेको छ।  

‘आउने आइतबारदेखि मंगलबजारबाट लगनखेल बसपार्कसम्म कुनै फुटपाथ पसल राख्न पाइने छैन,’ उहाँले भन्नुभयो, ‘तर बिहान ८ बजेसम्म तरकारी व्यापार गर्न भने पाइने छ।’

फुटपाथ व्यापारीको संख्या बढेर सुरक्षा व्यवस्थापन गर्न कठिन भएपछि बाध्य भई महानगरपालिकाले उक्त निर्णय लिएको उहाँको भनाइ छ। 

‘काठमाडौं महानगरपालिकाले फुटपाथ बन्द गरेपछि ३ सय भन्दा धेरै फुटपाथ व्यवसायी मंगलबजारबाट लगनखेलसम्म आएका छन् । पहिले ५०–६० वटा फुटपाथ व्यवसाय हुने ठाउँमा अहिले ३/४ सय पुगेको छ’, हाछेथुले भन्नभयो ।