विराटनगर-विराटनगर उपमहानगरपालिका-७ स्थित सातघुम्तीको कवाडी गोदाममा बुधवार दिउँसो आगलागी हुँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ।
घाइतेमध्ये चार जनाको उपचार विराटनगरस्थित न्युरो हस्पिटल र एकको कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।
विराटनगर महानगर, दुहबी र सुन्दरहरैँचा नगरपालिकाको दमकल स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीको कारण अहिले खुलिनसकेको प्रहरीको भनाइ छ। घाइतेहरूको पहिचान पनि हुन सकेको छैन ।





प्रतिक्रिया