काठमाडौँ–पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक साता मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाइएको छ ।
बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै आजदेखि मंसिर २७ गतेसम्म रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
यो नियम गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा लागु हुने प्रशासनले जनाएको छ ।
कसैले सूचना विपरीत कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले चेतावनी दिएको छ ।





प्रतिक्रिया