अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनसेलको शेयर खरिदबिक्री चलखेल छानबिन गर्न उच्चस्तरीय समिति गठन 

एनसेलको शेयर खरिदबिक्री चलखेल छानबिन गर्न उच्चस्तरीय समिति गठन 


काठमाडौँ–सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । 

उच्चस्तरीय समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

समितिलाई उक्त प्रकरण अध्ययन गरी प्रतिवेदन पेस गर्न ३० दिनको कार्यादेश दिइएको छ ।