काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको बताउनु भएको छ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री ओली दिनु भएको हो। ‘विरोधका लागि विरोध होला तर सरकारले तत्काल गर्न सक्ने काम सरकारले गरेको छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘उद्धार र राहतको काम सरकारले तत्काल पुर्याएको छ।’
उहाँले आफू बाहिर हुँदा पनि घटनाबारे जानकारी लिएको भन्दै आवश्यक निर्देशन समेत दिएको बताउनु भयो । उहाँले यस्तो संवेदनशील बेलामा सबै मिलेर नागरिकको पीडामा जुट्नुपर्ने पनि बताउनु भयो।






प्रतिक्रिया