अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाग्लुङमा अध्यक्ष ओलीको सम्बोधनः एमालेले देश विकासमा बहुदृष्टि लगाएको छ

बाग्लुङमा अध्यक्ष ओलीको सम्बोधनः एमालेले देश विकासमा बहुदृष्टि लगाएको छ


बाग्लुङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश विकासका लागि विभिन्न बहुदृष्टि लगाइरहेको बताउनु भएको छ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत बागलुङ सदरमुकाम बागलुङ  बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले ओलीले साे कुरा बताउनु भएकाे हाे। उहाँले देशकाे अवस्था हेर्न एमालेकाे सिंगाे टीम मध्यपहाडकाे यात्रामा निस्केकाे बताउनु भयाे ।

अध्यक्ष ओलीले बहुदलीय व्यवस्था आएपछि जनताले राजतन्त्रसँग लडिरहनु परेकाले धेरै विकास हुन नसकेकाे बताउनु भयो । उहाँले भन्नुभयो, ‘२०५१ सालमा एमालेकाे सरकारले केही नयाँ काम गरेको थियो । म्याग्दीको बेनी हुँदै मुस्ताङ-कोराला नाका एमाले सरकारले खोलेकाे हाे। याे बाटाे एमालेले बनाएको हो।’

मुस्ताङमै युरिनियमको खानी अध्ययनका लागि विशेषज्ञ झिकाएर सेनाको जिम्मा लगाएको स्मरण गर्दै अध्यक्ष ओली आफैले शिलान्यास गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसक्दासमेत वर्तमान गठबन्धन सरकारले अन्तर्राष्ट्रिय उडानको अनुमति नदिएको आरोप लगाउनु भयो।

गठबन्धन सरकारलाई हुतियाराको संज्ञा दिदैँ एमाले अध्यक्ष ओलीले बढ्दो युवा पलायन, बेरोजगारी, गरिबी, अराजकता, जनतामा अन्योलता, निराशाको अन्त्य गर्न नेकपा एमालेकै सरकार आउनु पर्ने बताउनु भयो ।

एमालेकाे सरकार बन्दा पनि विभिन्न पार्टी मिलाएर सरकार बनाउनु परेकाे बताउनु भयाे।

झुलाघाटबाट अभियान सुरु भएको आठौँ दिन टोली बागलुङ आइपुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू बागलुङ पुग्दा स्थानीयले भव्य स्वागत गरेका थिए ।

बागलुङ बजारमा विभिन्न झाँकी सहित एमाले टोलीलाई स्वागत गरिएको थियो। अभियानमा रहेको एमालेको टोलीलाई स्वागत गर्न स्थानीय सडकमा लामो समयदेखि लाइन लागेर बसेका थिए ।

आजै पर्वतको कुश्मामामा पनि सभा हुँदै छ । आजको बास पोखरा तय गरिएको छ ।