अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले देशलाई बन्धक बनायाे: अध्यक्ष ओली

गठबन्धन सरकारले देशलाई बन्धक बनायाे: अध्यक्ष ओली


बागलुङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार भएको बताउनु भएको छ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत बागलुङ सदरमुकाम बागलुङ  बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई बन्धक बनाएको बताउनुभयो। यस अवस्थाबाट देशको रक्षा गर्नुपर्ने ओलीको भनाई छ। ‘यस अवस्थाको रक्षा नेकपा एमालेले गर्छ’, ओलीले भन्नुभयो ।

सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्नुको साथै देशेको स्वाधीनता कमजोर बनाएको ओलीले बताउनुभयो । अहिलेको सरकार देशको भूमिको बारेमा समेत बोल्न नसक्ने उहाँले टिप्पणी गर्नुभयो । ‘तै पनि यस्तो सरकार चलिरहेको छ, अथवा सरकार हुँ भनेर बसिरहेको छ’, ओलीले भन्नुभयो।

अहिलेको सरकार चरम असफल सरकार भएको ओलीले बताउनुभयो । ‘कसरी बसिरहेको छ सरकार, अचम्म लाग्दो कुरो छ’, उहाँले भन्नुभयो ।

अहिले राष्ट्रियताको रक्षा गर्न, राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रका साथ अघि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । ‘त्यो गर्न राष्ट्रिय शक्ति आवश्यक पर्छ, राष्ट्रिय शक्ति नेपाली जनताको बिचबाट निस्किनु पर्दछ, अरूबाट निस्किने होइन, नेपाली जनता भ्रम, अन्योलमा पर्नु हुँदैन, राष्ट्रिय शक्तिको रूपमा उभिनु पर्दछ, देश हितको पक्षमा उभिनु पर्दछ, शान्तिको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा उभिन सक्नु पर्दछ’, उहाँले भन्नुभयो।

नेपालमा सुरुङ मार्गको अवधारणा नै नेकपा एमालेले ल्याएको उहाँले बताउनुभयो। अब नेपाको कुनै पनि भाग दुर्गम हुन नसक्ने ओलीले प्रष्ट पार्नुभयो। अब नेपालका हरेक ठाउँका बाटो बन्नु पर्ने उहाँले भन्नुभयो । ‘नेकपा एमाले आएपछि चौतर्फी विकास गरेको छ’, उहाँले भन्नुभयो ।