अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाग्लुङबाट अध्यक्ष ओली भन्नुभयो: एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ

बाग्लुङबाट अध्यक्ष ओली भन्नुभयो: एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ


बाग्लुङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशमा विकासको लहर ल्याएको बताउनु भएको छ।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत बागलुङकाे सदरमुकाम बागलुङ  बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ।’

पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्धि बनाउनका लागि बसाइँसराइ रोकी रोजगार सिर्जना गर्नु पर्ने आवश्यक रहेको अध्यक्ष ओलीले बताउनुभयो। नेकपा एमाले भ्रष्टाचारी र अनियमितताको विरुद्धमा रहेको भन्दै देशमा सुशासन र विकास एमालेले मात्रै गर्न सक्ने दाबी गर्नुभयो ।

‘यो देशमा विकासको खाका तयार गर्ने पार्टी एमाले हो, एमाले बाहेक अन्य पार्टीमा त्यो भिजन छैन, अहिले एमाले जहाँ–जहाँ पगेकाे छ, त्यहाँ–त्यहाँ विकासले गति लिएको छ, विकासको थालनी एमालेले गरेको हो’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी पश्चिम झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धि यात्रामा छौँ, यस बीचमा हामीहरुले धेरै संभावनाको अध्ययन गरेका छौँ, यहाँ नागरिकलाई कसरी विकाससँग जोड्ने ?, यहाँ कसरी समृद्धि ल्याउने भन्ने हामीहरुले योजना बनाउन थालेका छौँ ।’

उहाँले जनताको अपेक्षा अनुसार सुखी नेपाली सम्वृद्ध नेपाल बनाउँने संकल्प पुरा गर्न पार्टीको तल्लो तहदेखिनै काम गर्न आव्हन गर्नुभएको छ।