अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संकल्प यात्राको क्रममा अध्यक्ष ओलीद्वारा बेहुला-बेहुलीलाई आशिर्वाद

संकल्प यात्राको क्रममा अध्यक्ष ओलीद्वारा बेहुला-बेहुलीलाई आशिर्वाद


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेहुला-बेहुलीलाई आशिर्वाद दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा मध्यपहाडी लोकमार्ग हुँदै झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा छन्। 

मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’को क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका-५ नयाँपुलका सञ्जय केसी र संगीता केसीलाई सडक छेउको घरमा पसेर उहाँले वैवाहिक जीवनको शुभकामनासहित आशिर्वाद दिनु भएको हो।

उहाँले बेहुलाबेहुलीलाई माला लगाइ दिएर आशिर्वाद दिनुभयो ।

नयाँपुल कास्की र पर्वतको सीमाना हो। अध्यक्ष ओली पर्वतको कार्यक्रम सकेर पोखरा आउने क्रममा नयाँपुलमा नेता-कार्यकर्ता स्वागत गर्न बसेका थिए । स्वागतद्वार आडैमा विवाह भइरहेपछि नेकपा एमालेका प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले ओलीलाई उक्त घरसम्म पुर्‍याएका हुन् । बैरागी यही कास्की-३ बाट निर्वाचित सांसद हुन्।