काठमाडौँ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित चन्द्र घले र मीनबहादुर घलेलाई पक्राउ गरिएको हो ।
बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका घलेद्वयलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई प्रहरी प्रभात कोटेश्वर पठाइएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया