काठमाडौँ–नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले रिक्त पदमा आवेदन माग गरेको हो ।
प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त माग गरिएको सेनाले जनाएको छ ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने सेनाले जनाएको छ ।
पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने जनाइएको छ ।

प्रतिक्रिया