अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा लमजुङमा पुग्दा उर्लियो जनसागर

एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा लमजुङमा पुग्दा उर्लियो जनसागर


लम्जुङ‍-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लमजुङमा पुग्दा विशाल जनसागर उर्लिएकाे छ।

मध्यपहाडी लाेकमार्ग विशेष अभियान (झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा)मा रहेकाे नेकपा एमालेकाे टाेली लमजुङ पुगेकाे हाे।

अभियानकाे नवाैं दिन शुक्रबार बिहान पाेखराबाट हिँडेकाे अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे टाेली केहीबेरअघि लमजुङ पुगेकाे हाे।

प‍ोखरा-७ नुवार्थोकस्थित पुष्पलालको प्रतिमामा माल्यार्पण गरी नवाैं दिनकाे यात्रा थालेकाे टाेली तालचोकमा भेटघाट तथा संवाद् कार्यक्रम गरेर तालबेंसी र पिप्ले बजार हुँदै लमजुङ जिल्ला प्रवेश गरेकाे हाे।

लमजुङकाे करापुटारमा टाेलीलाई भव्य स्वागत गरिएकाे छ। टाेलीलाई नेकपा एमालेका नेता-कार्यकर्ता, भ्रातृ संगठन, स्थानीय तथा शुभचिन्तकले भव्य स्वागत गरेका हुन्।

अध्यक्ष ओलीलाई हेर्न लमजुङका गाउँगाउँबाट बालबालिका देखि वृद्धवृद्धासम्म भिड लागेका छन्।

टाेली केहीबेरमा सुन्दर बजार पुगेर जनसभामा सहभागी हुँदैछ । सभालाई अध्यक्ष ओली लगायतले सम्बाेधन गर्नुहुने कार्यक्रम छ।