अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको संकल्प यात्रा लमजुङमा, शीर्ष नेताहरू रोटेपिङमा रमाउँदै

एमालेको संकल्प यात्रा लमजुङमा, शीर्ष नेताहरू रोटेपिङमा रमाउँदै


लमजुङ बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म हिडेको नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ टोलीलाई लमजुङमा फरक ढंगले स्वागत गरिएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यात्रामा रहनुभएका एमाले पदाधिकारीसहितका टोलीलाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहजिल्ला लमजुङमा आज विशेष प्रकारले स्वागत गरिएको हो। टोलीलाई यात्राको थकान मेटाउन रोटे पिङ खेलाएर स्वागत गरिएको छ।

एमाले टोली आज पोखराबाट लमजुङ आइपुगेको हो । टोली लमजुङको कार्यक्रम सकाएर आजै गोरखा पुगेर बास बस्ने कार्यक्रम रहेको छ।