अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले मात्रै अर्थतन्त्र अघि बढाउन सक्छ: अध्यक्ष ओली

एमालेले मात्रै अर्थतन्त्र अघि बढाउन सक्छ: अध्यक्ष ओली


लमजुङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम नेकपा एमालेबाहेकले नसक्ने बताउनुभएको छ।

एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को नवौं दिनमा लमजुङको सुन्दरबजारमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले जति वटा पार्टी मिले पनि देश बनाउने काम एमालेबाहेकका राजनीतिक दलले नसक्ने जिकिर गर्नुभयो।

उहाँले राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकताबद्ध बनाउने, समाजमा आशा, भरोसा, उत्साह र विश्वास जगाउने काम नेकपा एमालेबाहेकले गर्न नसक्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले आफूहरुले कोभिड, भूकम्पलगायतका समस्याको सफलतापूर्वक सामना गरेको पनि बताउनु भयो।