अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकाले बजेट कटौती गर्‍यो, विकास रोक्यो: पृथ्वीसुब्बा गुरुङ

गठबन्धन सरकाले बजेट कटौती गर्‍यो, विकास रोक्यो: पृथ्वीसुब्बा गुरुङ


लमजुङ-नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेको सरकार विगठन भएपछि देशमा विकासको गति पनि रोकिएको बताउनुभएको छ। 

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा शुक्रबार लमजुङको सुन्दरबजारमा आयोजित कार्यक्रममा लमजुङ जिल्लाको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिल्लाको समस्या बारे जानकारी गराउँदै गुरुङले एमाले सरकारले सुरु गरेको मध्यपहाडी लोकमार्ग निर्माणको काममा समेत गठबन्धन सरकारले ढिलाइ गरेको बताउनुभयो। 

लमजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका गुरुङ जिल्ला सञ्चालित अधिकांश विकास योजनाको बजेट सरकारले कटौती गरेको कारण विकास योजना अलपत्र परेका बताउनुभयो। ‘पुष्पलाल मध्यपहाडी लोकमार्गको काम सुस्त गतिमा भइरहेको छ, त्यसलाई तीव्र गति दिनु पर्‍यो’, उहाँले भन्नुभयो । 

लमजुङ जिल्लामा गर्नु पर्ने निधिन्न विकासका योजना बारे अध्यक्षलाई जानकारी गराउँदै गुरुङले त्यसमा ध्यान दिन पार्टी नेतृत्वलाई अनुरोध गर्नुभयो । गुरुङले जिल्लाको तर्फबाट ओलीलाई ध्यानाकर्षण पत्र पनि बुझाउनुभयो। 

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली संकल्प यात्रामा छ। बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।