अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज हिमालमा हिमपात र तराईमा हुस्सुको सम्भावना

आज हिमालमा हिमपात र तराईमा हुस्सुको सम्भावना


काठमाडौँ–हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका थोरै स्थानहरूमा हुस्स लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली  रहनेछ । कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।