अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धिका लागि संकल्प यात्रा आजबाट पूर्वी नेपालतर्फ

समृद्धिका लागि संकल्प यात्रा आजबाट पूर्वी नेपालतर्फ


काठमाडौं- नेकपा एमालेले ११ दिन देखि जारी राखेको मध्यपहाडी यात्रा आजबाट पूर्वी नेपालतर्फ प्रस्थान गर्नेछ । सदुरपश्चिमको बैतडी झुुलाघाटबाट सुरु भएको यात्रा गएराती १० बजेतिर मध्य नेपालको नुवाकोट आइपुगेको छ । नुवाकोट मध्यपहाडी राजमार्गको मध्यविन्दु हो ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आज नुवाकोटको बट्टारबाट अघि बढेको टोलीले बाहुनेपाटीमा बिहानको खाना खाने, छहरेमा भेटघाट र मण्डन,कुन्तावेसीमा आमसभा गर्ने तयारी छ । आजको बासस्थान काभ्रेको धुलिखेलमा हुने प्रमुख गौतमले जानकारी दिनुभयो । आजको यात्रा ८२ किलोमिटर हुनेछ ।
सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नाराका साथ मंसिर १४ गतेबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको यात्रा पुष १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिने छ । यस यात्रा मार्फत एमालेले मध्यपहाडको जनजीवनका समस्या,विकास निर्माणको अवस्था,बढ्दो बसाँइसराइ व्यवस्थापन आदिका बारेमा छलफल चलाइरहेको छ ।