अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी यात्रा सकिएपछि कटुञ्जे आउने अध्यक्ष ओलीको प्रतिबद्धता

मध्यपहाडी यात्रा सकिएपछि कटुञ्जे आउने अध्यक्ष ओलीको प्रतिबद्धता


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मध्यपहाडी यात्रा सकिएपछि धादिङको कटुञ्जे आउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमाफर्त अध्यक्ष ओलीले त्यहाँका स्थानीयसँग क्षमा माग्दै मध्यपहाडी यात्रा सकिएपछि कटुञ्जे आउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

हिजो एमालेको मध्यपहाडी यात्राको टोली धादिङको चरङ्गेबाट कटुञ्जे हुँदै बट्टार आउनु पर्ने भएपनि  बाटो बिर्सिएर अर्कै मार्गबाट बट्टार आएको थियो । 

कटुञ्जेमा स्वागतमा बसेका स्थानीयसँग अध्यक्ष ओलीसहितका नेताहरुले भेट्न पाउनुभएन ।  

त्यसपछि उहाँले लेख्नुभएको छ,’हिजो सल्यानटारबाट नुवाकोटको लागि यात्रा अघि बढ्दा रात छिप्पिइसकेको थियो । हामी धादिङको चरङ्गेबाट कटुञ्जे हुँदै बट्टार आउनु पर्नेमा बाटो भुलेर अर्कै मार्गबाट बट्टार आइपुग्यौं । कटुञ्जेमा यात्रामार्गमा स्वागतमा बस्नु भएका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुन सकेन । उहाँहरूसँग क्षमा चाहन्छु । यो यात्रा सकिएपछि हामी कटुञ्जे आउने छौँ ।’ 

एमालेको मध्यपहाडी यात्रा आजदेखि पूर्वी नेपाल प्रवेश गर्नेछ ।