अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारकै कमजोरीका कारण देशको विकास हुन सकेनः अध्यक्ष ओली

गठबन्धन सरकारकै कमजोरीका कारण देशको विकास हुन सकेनः अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारकै कमजोरीका कारण देशकाे विकास हुन नसकेको बताउनुभएको छ।

झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले पोखरा र भैरहवामा बनाएको विमानस्थलबाट अहिलेको लुते सरकारले प्लेन किन नउडाएको भनेर प्रश्न गर्नु भएको छ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पोखरामा विमानस्थल बनाए पनि अहिलेको लुते सरकारले किन प्लेन उडाउँदैन ? भनेर प्रश्न गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘किन प्लेन नउडाएको ? मेरो आपत्ति यो हो । हामीले भैरहवामा एयरपोर्ट बनायौं। किन उडाउँदैन ?’

उहाँले नेपाल विकास गर्नुपर्ने भएकाले फलानाको सहयोग लिँदैनौ भन्न नहुने भन्दै हामीलाई चाहिए जति पैसा कुनै एक देशले दिए पनि लिने र विकास गर्ने बताउनु भयो। उहाँले सरकारकै कमजोरीका कारण विकास निर्माण अघि नबढेको पनि बताउनु भयो।

‘म अरूलाई दोष दिन चाहन्न, यो हाम्रै सरकारको दोष हो। हाम्रो सरकार कुरै गर्न नसक्ने, बोल्नै नसक्ने अनि कसरी हुन्छ ? म पनि प्रधानमन्त्री र परराष्ट्र मन्त्री भएर हेरेको छु’, ओलीले भन्नुभयो,  कसरी कुरा गर्नुपर्छ ? भन्ने कुरा पनि देखेको छु ।’