अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नुवाकोटमा पनि अध्यक्ष ओलीद्वारा बेहुला-बेहुलीलाई आशिर्वाद

नुवाकोटमा पनि अध्यक्ष ओलीद्वारा बेहुला-बेहुलीलाई आशिर्वाद


नुवाकोट-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेहुला-बेहुलीलाई आशिर्वाद दिनुभएको छ।

मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’को क्रममा नुवाकोटको छहरेमा बाटोमा बेहुला बेहुलीसँग भेट भएको थियो। उहाँले वैवाहिक जीवनको शुभकामनासहित आशिर्वाद दिनुभयाे।

सामाजिक सञ्जालमाफर्त अध्यक्ष ओलीले भन्नुभएको छ, ‘हाम्रो यात्राको क्रममा बाटोभरि विभिन्न ठाउँमा बेहुला- बेहुली, जन्ती भेट भए। मंसीर बिहेका लगनको महीना हो । नुवाकोटको छहरेमा पनि बाटोमा बेहुला बेहुलीसँग भेट भयो। सफल दाम्पत्य जीवनका लागि नवदुलाह-दुलहीलाई शुभकामना !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा मध्यपहाडी लोकमार्ग हुँदै झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा छन्।