अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई सिन्धुपाल्चोकमा भव्य स्वागत (फोटो फिचर)

एमाले अध्यक्ष ओलीलाई सिन्धुपाल्चोकमा भव्य स्वागत (फोटो फिचर)


सिन्धुपाल्चोक-नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सिन्धुपाल्चोक भव्य स्वागत गरिएको छ।

नेकपा एमाले सञ्चालन गरिरहेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’को अभियान अन्तर्गत अध्यक्ष ओलीसहितको टोलीलाई सिन्धुपाल्चोकमा भव्य स्वागत गरिएको हो।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली नेतृत्वको पदाधिकारीसहित शीर्ष नेता सहभागी यात्राको टोली केही बेर अघि सिन्धुपाल्चोकको मेलम्चीस्थित बाहुने पाटीहुँदै सिन्धुपाल्चोक प्रवेश गरेको हो।

‘समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली सिन्धुपाल्चोक प्रवेश गर्दा केटाकेटी देखि बृद्धाबृद्धाहरु अध्यक्ष ओलीको तस्विर लिएर स्वागतका लागि बस्नुभएको थियो। आफ्नो ठाउँमा मनपर्न नेता आएकोले स्वागत गर्न र आशिर्वाद दिन आएको उहाँहरुको भनाई थियो।

अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र एमालेप्रति सिन्धुपाल्चोक जनताको विश्वास अपार देखिएको छ।