अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश विकास गर्ने पार्टी एमाले मात्र हो: अध्यक्ष ओली

देश विकास गर्ने पार्टी एमाले मात्र हो: अध्यक्ष ओली

हेर्नुहोस् तस्वीरहरू


सिन्धुली-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास गर्ने पार्टी एमाले मात्रै रहेको बताउनु भएको छ।

पार्टीकाे झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा मंगलबार सिन्धुलीको खुर्कोटमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले एमाले देश विकासमा द‍ृढ संकल्पित रहेकाे बताउनुभयाे।

एमाले राष्ट्र निर्माणकाे अभियन्ता भएकाे भन्दै उहाँले समृद्ध नेपाल सुखी नेपालीकाे संकल्प बाेकेर हिँडिरहेकाे बताउनुभयाे। जनताबाट गरिबी हटाउने, समृद्धि ल्याउने कामकाे अगुवाइ एमालेले गर्ने अध्यक्ष ओलीले बताउनुभयाे।

वृद्धवृद्धादेखि केटाकेटीसम्मको संरक्षण र देशको विकास एमालेले मात्र गर्न सक्ने अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘नयाँ विकासका अवधारणा अघि सार्ने, जनता र गरिब सम्झने पार्टी भनेको एमाले मात्रै हो।’

कार्यक्रममा आइदिनुस् यता जनताका नेता आइ लभ यु केपी बा भन्ने भजनसहित अध्यक्ष ओलीलाई भव्य स्वागत गरिएकाे थियाे।

अध्यक्ष ओलीले सिन्धुली पुगेर निर्माणाधीन सुनकोशी-मरिण डाइभर्सन परियोजनाको प्रगतिबारे पनि अनुगमन गर्नुभएकाे थियाे।

हेर्नुहोस् तस्वीरहरू