अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हर्कपुरबाट अध्यक्ष ओली भन्नुभयो: एमालेले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सक्छ

हर्कपुरबाट अध्यक्ष ओली भन्नुभयो: एमालेले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सक्छ


ओखलढुंगा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्रै देशमा शान्ति सुव्यस्था कायम गर्न सक्ने बताउनुभएकाे छ।

पार्टीकाे झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत मंगलबार ओखलढुंगाकाे हर्कपुरमा आयाेजित जनसभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न सक्ने बताउनुभयाे।

अध्यक्ष ओलीले भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न पनि एमाले मात्रै गर्न सक्ने बताउनुभयाे। उहाँले भन्नुभयो- ‘एमाले मात्रै हाे जसले शान्ति सुव्यवस्था कायम गर्न सक्छ, भ्रष्टाचार नियन्त्रण गर्न सक्छ, तस्करी नियन्त्रण गर्न सक्छ, सुशासन दिन सक्छ, कानुनकाे राज, न्यायकाे राज एमालेले मात्रै दिन सक्छ।’

देश र जनताका लागि काम गर्ने अनि राष्ट्रिय हितका लागि काम गर्ने पार्टी एमाले मात्रै हाे भन्ने पुष्टि भइसकेकाे उहाँले बताउनुभयाे।

अध्यक्ष ओलीले एमाले जतिबेला सरकारमा पुगेकाे छ राष्ट्र हितकाे पक्षमा काम गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘देशकाे हित, याे व्यवहारले पुष्टि गरेकाे छ, एमाले जतिबेला सरकारमा पुगेकाे छ एमालेले राष्ट्रिय हितका पक्षमा बाेलेकाे छ, लडेकाे छ।’

उहाँले एमालेले सरकारमा छँदा असाधारण काम गरेकाे इतिहासमा कसैले मेट्न र उपेक्षा गर्न नसक्ने काम एमालेले गरेकाे उहाँले बताउनुभयाे ।