अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धिको लागि संकल्प यात्रा: तेहथुमको वसन्तपुरमा भाेलि हुने बृहतसभाको भव्य तयारी

समृद्धिको लागि संकल्प यात्रा: तेहथुमको वसन्तपुरमा भाेलि हुने बृहतसभाको भव्य तयारी


इटहरी-नेकपा एमालेको मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा अभियान क्रममा भोली मंसिर २८ गते तेहथुमको वसन्तपुरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।

एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन बिभाग प्रमुख लक्ष्मण तिवारीका अनुसार बसन्तपुरमा १५हजार बढिको सहभागिता हुने गरि तयारी गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने सभामा सुनसरी,मोरग,तेहथुम,धनकुटा र संखुवासभा बाट सहभागिता रहने छ । सुनसरी मोरग बाट मात्र ६० वटा वस,६० वटा कारजीप र तीन सय बढि मोटरसाइकल मा सहभागि हुने नेता तिवारीले बताउनुभयो । आजै देखि सहभागिहरु बसन्तपुर जान थालेका छन। भोली दिउसो साढे १२ बजे बसन्तपुरमा सभा सुरु हुने छ।

बसन्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओली लाई लिम्वू सँस्कृति अनुसार स्वागत गरिने छ । बसन्तपुर बजारमा हुने आमसभामा ५सय १ जना स्वयँसेवक खटिने छन । सभाअघि बिभिन्न जातजाती भाषभाषीको झाँकी सहित जुलुस निकालिने कार्यक्रम मुल आयोजक समितिका सहसंयोजक समेत रहेका नेता तिवारीले जानकारी दिनुभयो । आमसभाअघि चोलुङ्गपार्क र त्यहाँ स्थित ऐतिहाँसिक संग्राहलय नीरिक्षणको कार्यक्रम छ । बसन्तपुर मध्यपहाडी लोकमार्गमा पर्ने शहर हो । लोकमार्गमा रहेका १० शहरमा संचालित नयाँ शहर आयोजना बसन्तपुरमा पनि संचालित छ । बसन्तपुर गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्वार हो ।