अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भावी प्रधानसेनापतिको रुपमा रथी पदमा अशोक सिग्देलको बढुवा

भावी प्रधानसेनापतिको रुपमा रथी पदमा अशोक सिग्देलको बढुवा


काठमाडौं- सरकारले नेपाली सेनाको रिक्त रथी पदमा उपरथी अशोक सिग्देललाई बढुवा गरेको छ।
जंगी अड्डाको सिफारिस तथा रक्षा मन्त्रालयको प्रस्तावमा उनलाई रथी पदमा बढुवा गरेको बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
यससँगै सिग्देल अब २०८१ भदौ २४ गतेदेखि नेपाली सेनाको प्रधानसेनापति बन्ने हुनुभएको छ। तत्कालीन बलाधिकृत रथी सरोजप्रताप राणाले ११ कात्तिकमा अवकाश पाएपछि एक रथी पद रिक्त थियो। उक्त स्थानमा सिग्देललाई बढुवा गरिएको हो ।

यसअघि यो पदमा तत्कालीन उपरथी ताराध्वज पाण्डेलाई बढुवा गर्ने तयारी थियो।
पाण्डेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा अलग जन्ममिति पाइएपछि जंगी अड्डाले छानबिन गरेको थियो। त्यसलगत्तै उहाँले कात्तिक २४ गते राजीनामा गर्नुभ्यो।

पाण्डे बाहिरिएपछि सेनाले वरीयताका आधारमा सिग्देललाई बढुवाको बाटो खुलाउने गरी सूचना निकालेको थियो।