अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडी सहिद दशरथ चन्दको जिल्ला, परिवर्तनको शंखघोष गर्ने जिल्ला

बैतडी सहिद दशरथ चन्दको जिल्ला, परिवर्तनको शंखघोष गर्ने जिल्ला


आज हामी विशेष अभियानको सन्दर्भमा झुलाघाट-चिवाभञ्ज्याङ अथवा महाकाली नदीको किनार पश्चिमको सीमाना र पूर्वमा पाँचथर जिल्ला र सिक्किमको सीमाना चिवाभञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी राजमार्ग हुँदै यसरी नै आम जनतासँग भेटघाट, संवाद गर्दै राष्ट्रिय शक्तिको निर्माण गर्ने अठोट लिएर अघि बढेका छौं। राष्ट्रिय राजनीतिलाई, राष्ट्रिय राजनीतिको रूपमा अगाडि बढाउने, देशमा समृद्धि र सुशासन ल्याउने हाम्रो उद्देश्य छ। त्यसै बाटोबाट नेपाली जनताको आकांक्षा पुरा गर्न हाम्रो पार्टीले बनाएको आफ्नो उद्देश्य वा गन्तव्य समृद्ध नेपाल सुखी नेपाली। त्यसलाई साकार पार्ने उद्देश्यका साथ हामीले आज बिहानबाट राष्ट्रिय अभियान सुरूवात गरेका छौं । यो अभियानको सुरूवात यसै जिल्लाको झुलाघाटबाट बिहान ८ः३० बजे झुलाघाटबाट प्रारम्भ गरेका छौं। यो अभियान यहाँबाट प्रारम्भ भएको छ र यही उत्साहका साथ देशभरी अगाडि बढ्ने छ।

तपाईंहरूको उत्साह, यस अभियानप्रतिको तपाईंहरूको समर्थन, तपाईंहरूको साथ, सहयोग र अभियानप्रति, यहाँहरूको विश्वासलाई देखेर यो अभियान सञ्चालन गर्ने नेकपा एमालेलाई हर्ष लागेको छ। म यहाँहरू सबैलाई धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । हामीहरू यहाँ आइपुग्ने बित्तिकै म मार्फत नेतृत्व मण्डल र सिंगै नेकपा एमालेलाई अभिनन्दन गर्नु भएको छ, त्यसका निम्ति म यहाँहरूप्रति आभार र कृतज्ञता व्यक्त गर्न चाहन्छु।

आज नेकपा एमालेमा थुप्रै साथीहरू विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्नुभएको छ। सबै साथीहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। नेकपा एमाले राष्ट्रिय पार्टी हो, राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने पार्टी हो, राष्ट्रिय भावना, सोच र विचारको प्रतिनिधित्व गर्ने पार्टी हो। त्यस पार्टीले आज यस जिल्लाबाट अभियान प्रारम्भ गर्दैछ। जुन जिल्ला राष्ट्रिय अभियान, राष्ट्रिय सोच, राष्ट्रिय संकल्प, राष्ट्रिय परिवर्तन त्यसका निम्ति शंखघोष गर्ने जिल्ला हो। यो सहिद दशरथ चन्दको जिल्ला हो । अनेक योद्धाहरूको, अग्रजहरूको जिल्ला हो। यस जिल्लाबाट नेपालले थुप्रै त्यागी, बलिदानी योद्धाहरू पायो। बाटो देखाउने विद्धान निर्देशकहरू पायो, लेखकहरू पायो, कवी कलाकारहरू पायो यस जिल्लाबाट। यो अनेक देव देवता, देवीहरूको मठमन्दिरहरू र अत्यन्त पवित्र मानिएका ठाउँयुक्त जिल्ला हो। यस जिल्लाबाट हामीले यो अभियान प्रारम्भ गरेका छौं। यो अभियान तीन हप्ता चल्ने छ। यसैगरी चल्ने छ र हामी डडेल्धुरा हुँदै खोड्पे जाँदैछौं। भोलि बिहान डडेल्धुरामा कार्यक्रम गरेर हामी पूर्वतिर लाग्ने छौ। डोटी हुँदै मध्यपहाडी राजमार्ग समातेर अगाडि बढ्ने छौं।

मैले यस जिल्लाका समस्याहरू बुझेको छु । दशरथ चन्दको जन्मथलोको निर्माण, पुनःनिर्माण र त्यसको जीणोद्धार गर्नका लागि म पहिलो पटक प्रधानमन्त्री हुँदा २५ लाख रूपैया हामीले उपलब्ध गराएका थियौ। यहाँको त्रिपुरा सुन्दरी मन्दिर हामीले हे¥यौ। त्रिपुरा सुन्दरी मन्दिरलाई अलिकति केही रकम बनाउने हो भने, निकासा गर्ने हो भने त्यसलाई अत्यन्तै सुन्दर र वास्तवमा त्रिपुरा सुन्दरी जस्तै बनाउन सकिन्छ। त्यसतर्फ नेकपा एमालेको ध्यान गएको कुरा म यहाँहरूलाई भन्न चाहन्छु। सहिद दशरथ चन्दको स्मृतिका लागि उहाँको प्रतिष्ठान राष्ट्रिय प्रतिष्ठानको रूपमा अगाडि बढाइयोस् भन्ने यहाँहरूको मागमा पार्टीको ध्यान गएको छ, त्यो कुरा म यहाँहरू समक्ष राख्न चाहन्छु । पार्टीले अगामी दिनमा यी कुराहरूलाई कसरी प्रभावकारी कार्यान्वयनमा लाने भन्ने कुरा विचार गर्नेछ । नेकपा एमालेको सरकार हुँदा यी कामहरू हामी गर्नेछौं। हामीले झुलाघाट हे¥यौ, मैले पहिले हेरेको थिइनँ। तर झुलाघाटमा पक्की पुल आवश्यक छ, अरू ठाउँमा पनि पक्की पुल आवश्यक छन् भनेर र तुइन विस्थापित गर्नु पर्छ भनेर दार्चुलाका माननीयजी मसँगै भारत भ्रमणमा हुनुहुन्थ्यो । त्यसबेला हामी उत्तराखण्ड गएर त्यहाँका मुख्यमन्त्रीजी र गर्भनरलाई भेटेर यहाँका हाम्रा माननीयजीलाई पनि भेट गराएर, केन्द्रमा पनि मैले मोदीजीसँग कुरा गरेर उतापट्टी पुल बनाउन भारतले जमिन दिंदैन र मान्दैन भन्ने जुन कुरा थियो, त्यसलाई मोदीजीसँग कुरा गरेर समाप्त पारियो। उत्तराखण्डका मुख्यमन्त्री र त्यहाँका गर्भनरसँग पनि कुरा गरेर दुवै तर्फले यसलाई सहकार्यका साथ अगाडि बढाउने भनेर हामीले विभिन्न ठाउँमा पुलहरू पनि बनायौं । तुइनहरू विस्थापित ग¥यौ, झोलुङ्गे पुलहरू पनि बनायौं । एउटा ठेकेदारको कमजोरीले गर्दा एउटा तुइन बाँकी रहेको रहेछ । त्यसमा एउटा दुर्घटना भयो, भारततर्फको सुरक्षाकर्मीले नगर्नु पर्ने काम ग¥यो र हाम्रा नागरिक धामीजीको निधन भयो । देश रोयो, देश करायो तर त्यतिबेला हामी हटेपछि एउटा गठबन्धन भन्ने सरकार बनेको, त्यो सरकार मुखमा भोटे ताल्चा लगाएर बस्यो । चुइक्क बोल्न सकेन । आफ्नो नागरिक मर्दा, आफ्नो नागरिक मारिदा तुइन काँटिदा बोल्न सकेन बोल्दैन। यो गठबन्धनलाई तुइन विस्थापन गरेर पुल बनाएकोमा पिर छ । बाटाघाटा बनाएकोमा पिर छ।

म प्रधानमन्त्री हुँदा महाकाली करिडोर, सेती करिडोर, देश भरिका अन्य रिभर करिडोर, पूर्वपश्चिम हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, पुरानो पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्ने काम, पूर्व–पश्चिम रेल, जनकपुरमा रेल कति काम भए भनेर साध्य छैन । भुइँचालोमा ९ लाख घरहरू भत्किएका थिए । भुइँचालोमा भत्किएका घरहरू तीन वर्षभित्र हामीले पुनःनिर्माण गरेर एकीकृत वस्ती सकेसम्म बसाएर पीडितहरूलाई हस्तान्तरण गरायौं। त्यसै बीचमा बारा, पर्साका आँधी तुफानका ८ सय ६९ घरहरू उडायो । फुसका छानाहरू उडाएका ठाउँमा पक्की घर बनाएर पीडितहरूलाई हस्तान्तरण ग¥यौ। पुष्पलाल राजमार्ग पहिले हामीले योजनामा पारेका थियौ, निर्माण कार्य ठप्प थियो। यो तीन वर्षमा हामीले अगाडि बढायौ। हामीले छोडेपछि फेरि जस्ताको तस्तै । त्यो भएर अहिले हामी यो राजमार्ग पनि हेरौं । यस राजमार्गको पुनःनिर्माणलाई पनि हेरौं। यहाँका जनताका समस्यालाई हेरौ, यहाँको बेरोजगारीलाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यो पनि हेरौ । यी सबै कुरालाई लिएर हामी विकासका के काम गर्न सकिन्छ, देश विकास कसरी गर्न सकिन्छ, दुनियाँ कति अगाडि बढिसक्यो, हाम्रो देश अझ ओरालो लाग्दै छ। हामीले सरकार छोडेपछि, हामीलाई सरकारबाट हटाइएपछि यी डेढ वर्षमा राजनीति अस्थिरतामा गयो, यो अढाइ वर्षमा देशको अर्थतन्त्र ओरालो लाग्यो । राजनीतिक अस्थिरता अराजकतामा गयो। अर्थतन्त्र ओरालो लाग्यो, रोजगारीका अवसर समाप्त भए। कृषिको आधुनिकीकरण भयो । उद्योग धन्दा नयाँ खोल्ने त कुरै छोड्दिऔं, भएका पनि बन्द हुँदै गए । व्यापारी व्यवसायीहरू हतोत्साहित भए । ऋणको ब्याज तिर्न सकेका छैनन्, सावाँको त कुरै छोड्दिऔं। झन्झन अप्ठ्यारोमा पर्दैछन् । अहिले कर्मचारी पाल्ने पैसा सरकारसँग छैन । सरकारले आन्तरिक ऋण उठाएर कर्मचारी पाल्नु पर्ने अवस्था पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा परेको छ भने कस्तो अवस्था होला ? राजनीतिक हिसाबले देशमा फेरि एक पटक पहिचानका नाममा नेपाली जनतालाई विभाजित गर्न खोजिएको छ । पहिचानको सवाल नेकपा एमालेले सबैभन्दा बढी सम्बोधन गरेको छ। त्यसकारण संविधानमै समावेशी र समानुपातिक सिद्धान्त हामीले सामेल गरेका छौं । जनसंख्याको आधारमा प्रतिनिधित्व गर्ने व्यवस्था हामीले गरेका छौ । अरूलाई घृणा गर्ने, निषेध गर्ने, अरूलाई हमला गर्ने, हिंसा फैलाउने, अराजकता र आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन । पहिचानको राजनीतिका नाममा जनता भाँड्ने, राष्ट्रिय एकता तोड्ने, यो हाम्रा वैरीहरूलाई मद्दत पु¥याउने कुरा हो । देशलाई अनेकतामा लाने कुरा हो, एकताबद्ध हुन नदिने कुरा हो। देशमा लोकतान्त्रिक प्रणाली छ। तर प्रक्रियामा गम्भीर कमीहरू आइरहेका छन् । आज लोकतान्त्रिक प्रणालीको उचित ढंगले अभ्यास हुन सकेको छैन। यसैकारण कमिसनतन्त्र बढेको छ । तस्करीको त तपाईंहरूले सुनिरहनु भएको होला । एक क्विन्टल सुन अहिले फेला प¥यो, पहिले नै ३५ क्विन्टल सुन आइसकेको रहेछ । कहाँ गयो ? ३५ क्विन्टल सुन कुनै भुसको बोरा होइन, ३५ क्विन्टल सुन। एयरपोर्टमा जहाँ कुनै सियो छिर्दैन, त्यहाँ नजाचिकन त्यस्तो ठाउँबाट इलेक्ट्रिक सिगरेट भन्नेबाट त्यतिकै, भन्सारहरूबाट, नाकाहरूबाट अनेक ठाउँहरूबाट त्यतिकै सुन ओइरिएको ओइरै छ । कसले किन्छ ? कहाँको पैसाले किन्छ ? कहाँबाट आउँछ त्यति पैसा ? यो सबै तस्करीको खेल हो । यो सबै कमिशनतन्त्रको खेल हो । त्यसैकारण स्वस्थ्य अर्थतन्त्र आज ओरालो लागेको छ । देशको बेहाल अवस्था भएको हुनाले, जनतामा अन्योल र निराशा बढ्दै गएको हुनाले, जनता विदेशतिर पलायन हुँदै गएकाले अहिले प्रतिक्रियावादी, प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर यसो दुलाबाट टाउको निकालेर फेरि सल्बल्याउन खोजेका छन् । उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले शालिक बनाएर, अहिले श्री ५ महाराजाधिराज भनेर शालिक लेखेर तमासा गरेर असंवैधानिक काम यहाँ भइराखेको छ । गणतन्त्रको विरोध गर्ने दुष्साहस काम अहिले भइराखेको छ । लोकतन्त्रको विरोध गर्ने दुष्साहित गर्ने काम अहिले भइराखेको छ । तसर्थ म हाम्रा तमाम दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु–हामी फेरि पछाडि फर्किन सक्दैनौ, फेरि रैती हुन सक्दैनौ । फेरि हामी दास हुन सक्दैनौ । फेरि हामी अनेक प्रकारका छुवाछुत र प्रथाहरूतिर फर्किन सक्दैनौ । जन्मिदै कोही राजा हुन जन्मिन्छ, कोही दास हुन जन्मिन्छ, कोही धनी हुन जन्मिन्छ, कोही गरिब हुन जन्मिन्छ भनेर मान्दैनौ । अब गरिबी अन्त्य हुनै पर्दछ, अभावको अन्त्य हुनै पर्दछ, भोकमरी समाप्त गर्नै पर्दछ, त्यो काम सरकारको हो । त्यसैकारण म प्रधानमन्त्री हुँदा नेपालका हाम्रा छोराछोरी, सडक बालबालिकाहरू हुन सक्दैनन्, सरकारले अभिभावकत्व लिन्छ भनेर सबै बालबालिकाहरूलाई टिपेर बस्ने, खाने, पढाउने व्यवस्था गरेका थियांै । सडकमा मान्छे भिखमंगा, मगन्ते अथवा वेवारिसे भएर हिँड्न पर्दैन । त्यसकारण यो भिखारीको देश होइन । यहाँ हेर्ने कोही छैन भन्ने होइन, यहाँ सरकार छ, एमालेको सरकार छ, जनताको सरकार छ भनेर मैले भनेको थिए । तर, अहिले फेरि सडकमा बालबालिका, फेरि सडकमा अलपत्र मानिसहरू, फेरि सडकमा भिखमंगा, फेरि बेरोजगार युवा, मेरो सयमा विदेश जाने युवाको सख्ंयामा १८ प्रतिशतले घटेको थियो। ९ लाखभन्दा बढी मान्छेलाई हामीले गरिबीको रेखाभन्दा माथि ३ वर्षमा उठाएका थियौं । अहिले त्यो ९ लाख तल झरेको छ। यस स्थितिलाई कसरी अन्त्य गर्ने ? हाम्रा सम्भावनाहरू के छन् ? हाम्रो जस्तो प्रकृति कोही पाइँदैन, जसको शिरमा हिमाल छ। जहाँबाट पानी पग्लिरहन्छ, हिमाल रसाइरहन्छ, नदीहरू आइरहन्छन्, पानीको संचिती भइरहन्छ। यहाँ तातो हावा आयो भने शितल भएर फर्किन्छ। यस्तो भूभाग कहाँ हुन्छ ? नलगाएका रूखहरू, विरूवाहरू आज हामी हरियाली जंगल हेर्दै हिँड्यौ। यी वनहरू, यो हरियाली कसैले विरूवा रोपेर भएका होइनन्। यी प्राकृतिक रूपमा भएका हुन्। यस्तो उर्वर, यस्तो जीवनमय देश, यस्तो खनिजहरूले भरिएको फलाम खानी र फोस्फोरस खानीको हामीले त्यसको अध्ययन गर्दै थियौं।

नवलपरासीमा फलाम खानीको उत्खनन् गरेर परीक्षण भएको थियो । दैलेखमा हामीले तेल छ भन्ने पत्ता लगाएर उत्खनन् गर्न सकिने भनेका थियौ । हाम्रा ढुंगा, किमती पत्थर मात्रै हामीले बेच्यौं भने असाधारण ढंगले हामीले आम्दानी गर्न सक्छौं । हामीसँग निर्यात गर्ने जडिबुटी लगायतका, किमती पत्थर लगायतका हामीसँग पर्याप्त छ। हामीले तिनलाई खोज्ने, अध्ययन, अनुसन्धान गर्ने, प्रशोधन गर्ने कुराको आवश्यकता छ । तसर्थ, यहाँका समस्याहरू मैले बुझेको छु/नेकपा एमालेले बुझेको छ। त्यसकारण मैले भन्न चाहन्छु, बैतडी जस्तो उर्वर, रमणीय, नदीनाला आदिले भरिएको यस्तो जिल्ला गरिब नरहन पर्ने। कर्मवीरको यति इतिहास बोकेको जिल्ला, यति कर्मवीर भएको जिल्ला, यस जिल्लालाई अब गुणस्तरीय शिक्षा हरेकका लागि, गुणस्तरीय उच्च शिक्षा हरेक बालबालिका लागि प्रबन्ध गर्नु पर्छ । प्राविधिक शिक्षालयको हरेक जिल्ला र पालिकाहरूमा बन्दोवस्त हाम्रो समयमा सुरू गरेका थियौ। अहिले सबै ठप्प हुँदै गएको छ । त्यसलाई हामी फेरि सुचारू गर्ने छौ। रोजगारीका अवसरहरूका लागि, कृषिको आधुनिकीकरण त्यसमा आधारित भएर ससाना उद्योगहरू, तिनका निम्तिको बजार, त्यसको व्यवस्थाको नेतृत्व सरकारले गर्नु पर्दछ । यहाँ हामीले अस्पताल बनाएका हौं । त्यो अस्पतालमा अहिले कर्मचारीको दरबन्दी छैन, उपचारका सामग्री छैनन्, परीक्षणका सामग्री छैनन्, प्रयोगशालाको रूपमा काम गरिरहेको अवस्था छैन। अर्कातिर सरकार मेडिकल कलेज खोल्न दिंदैन, मेडिकल कलेज बन्द गराउँदै जान्छ । गेटामा मेडिकल कलेज सञ्चालन हुन सकेको छैन। अस्पताल नै सञ्चालन हुन सकिराखेको छैन । तसर्थ यस्ता कुराहरूमा आगामी दिनमा नेकपा एमालेले ध्यान दिन चाहन्छ।

म यहाँहरूलाई के भन्न चाहन्छु भने यहाँहरूका परम्परागत सीपहरू, परम्परागत कृषिलाई अलिकति आधुनिकीकरण ग¥यो भने हामीले रोजगारीका अवसरहरू पनि सिर्जना गर्न सक्छौं। त्यसलाई औधोगिकीकरण गर्ने, व्यवसायिकीकरण गर्ने र आम्दानीका श्रोतहरू राम्रा बनाउन सक्छौं। त्यस दिशामा आगामी दिनमा नेकपा एमालेले ध्यान दिने कुरा म यहाँहरूलाई भन्न चाहन्छु । अब धेरै कुरा भन्नु भन्दा पनि यस देशमा नेकपा एमाले छ, यस देशलाई पराधीन हुन नेकपा एमालेले दिंदैन। यस देशको भूगोलको रक्षा एमालेले गर्छ । यस देशको सार्वभौमसत्ताको रक्षा एमालेले गर्छ । यस देशको स्वाधीनता, स्वतन्त्रता र हाम्रो राष्ट्रिय हितहरूको रक्षा नेकपा एमालेले गर्छ । जनताका हितहरूका निम्ति नेकपा एमालेले गर्नु पर्ने कामहरू गर्छ, आवश्यक कदमहरू चाल्छ र विकासलाई साकार बनाइ छोड्छ। नेकपा एमालेको नेतृत्वमा नेपाललाई गरिबीबाट मुक्त गरेर एउटा समृद्ध र धनी देश बनाइ छोड्छ। एकताबद्ध नेपाली, सुदृढ नेपाल, समृद्ध नेपाल र सुखी नेपाली । हामी कुनै पनि नाममा विभाजित हुने छैनौ र नेकपा एमालेले कुनै पनि नाममा जनता भाँड्ने, जनतालाई अलग अलग पार्ने, जनताका बीचमा मार मच्चाउने यस प्रकारका क्रियाकलापहरूलाई कुनै हालतमा पनि अगाडि बढ्न दिने छैन। सुदूरपश्चिम विश्वविद्यालयका कुरा सुनेको छु, यहाँका क्याम्पसका कुरा सुनेको छु, यहाँका शिक्षकहरूको कुरा सुनेको छु, यहाँका डाक्टरहरूको कुरा सुनेको छु, यहाँका विद्यार्थीका कुरा सुनेको छु, यहाँका किसान र अरूका कुरा सुनेको छु। त्यसकारण यस जिल्लामा के गर्न पर्छ भन्ने हामीलाई थाहा छ । तसर्थ देश बनाउने जिम्मा नेकपा एमालेले लिन्छ, यहाँहरू ढुक्क हुनुहोस्, म आग्रह गर्न चाहन्छु । हाम्रो झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यो यात्रा यसैकारण स्थानीय तवरमा आमजनतासँग भेटघाट, भलाकुसारी, संवाद गर्दै जाने र राष्ट्रिय रूपमा यसलाई शक्तिको रूपमा प्रयोग गर्ने र राष्ट्र निर्माणका लागि राष्ट्रिय उद्देश्यमा यसलाई परिणत गर्ने, सबल राष्ट्रिय शक्ति निर्माणको उद्देश्यमा प्रयोग गर्ने । यस काममा नेकपा एमाले बाहिर निस्किएको छ। यो जाडोको महिनामा एउटा गर्मी अभियान चलाइरहेको छ । यसमा आम दाजुभाइ दिदीबहिनीहरूको साथ र सहयोग रहने छ भन्ने मैले विश्वास लिएको छु। यहाँको स्नेह, सहयोग, सद्भाव सबैका लागि धेरैधेरै धन्यवाद भन्न चाहन्छु । जो साथीहरू सम्मानित हुनुभएको छ, बधाई र शुभकामना तथा जो साथीहरू नेकपा एमालेमा प्रवेश गर्नु भएको छ स्वागत र शुभकामना छ । नेकपा एमालेमा तपाईंहरूको कार्यकाल सफल रहोस् । नेकपा एमालेका साथीहरूलाई नयाँ उत्साह, नयाँ जोश र एकताका निम्ति प्रेरणा मिलोस् । एकताबद्ध भएर, धेरैभन्दा धेरै साथीहरू गोलबन्द भएर राष्ट्र निर्माणको गतिलाई अगाडि बढाउन आह्वान गर्दै म आफ्नो भनाई टुंग्याउँछु धन्यवाद । धन्यवाद !

(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राका क्रममा २०८० मंसीर १४ गते बैतडीको गोठलापानीमा आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश)