अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतन्त्रमा न्यायको प्रश्न सत्तामा हुँदा र भित्तामा टाँस्सिँदा एउटै हुनुपर्छ : नेता बास्कोटा

लोकतन्त्रमा न्यायको प्रश्न सत्तामा हुँदा र भित्तामा टाँस्सिँदा एउटै हुनुपर्छ : नेता बास्कोटा


काठमाडौँ–नेकपा एमालेका नेता गोकुल बास्कोटाले लोकतन्त्रमा न्यायको प्रश्न सत्तामा हुँदा र भित्तामा टाक्सिँदा एउटै हुनुपर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी) ले पीडितलाई न्याय दिनुपर्ने बताउनुभएको हो । 

उहाँले भन्नुभएको छ, ‘संक्रमणकालीन न्याय निरुपण द्वन्द्वरत पक्षको कुम जोडाई, आँखा झिम्काई र टाउको हल्लाईको तालसुरमा हैन, पीडितले न्याय पाएको अनुभूत हुने गरी हुनु पर्छ । सत्ता र बन्दुकको बलमा न्याय दिने भए हिजो जे भो, त्यही न्याय भई गो । लोकतन्त्रमा न्यायको प्रश्न सत्तामा हुँदा र भित्तामा टाँस्सिँदा एउटै हुन्छ ।’

सरकारले आगामी संसद् अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ ।