अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

झ्याप्लेखोला पहिरोमा थप ३ शव भेटिए

झ्याप्लेखोला पहिरोमा थप ३ शव भेटिए


काठमाडौं-ठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको फेला परेको छ। एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी रहेको  नागढुंगाका डीएसपी सूर्य सुवेदीले जानकारी दिनुभयो।

उक्त पहिरोमा थप तीन वटा शव फेला परेको प्रहरीले जनाएको छ। शवको पहिचान भएको छैन। गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशंका गरिएको भए पनि पुष्टि भने भइसकेको छैन।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको  ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ। समितिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजे काठमाडौं नजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको छ। उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ।