अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन जसरी पनि जित्ने एमालेको रणनीति 

राष्ट्रियसभा निर्वाचन जसरी पनि जित्ने एमालेको रणनीति 


काठमाडौँ–नेकपा एमालेले राष्ट्रियसभा निर्वाचन जसरी पनि जित्ने रणनीति लिएको छ । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारलाई जसरी पनि जिताउने एमालेले बताएको हो । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रियसभा निर्वाचन जसरी पनि जित्ने भनेर पार्टी लागिरहेको बताउनुभयो । उहाँले राष्ट्रियसभा निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउन पार्टी लागिरहेको बताउनुभयो । पार्टीका अरू काम रोकेर भएपनि अहिले आफूहरु त्यसैमा व्यस्त रहेको उहाँले जानकारी दिनुभयो । 

गौतमले अहिलेको रणनीति नै राष्ट्रियसभा निर्वाचन जसरी पनि जित्नु रहेको बताउनुभयो । राष्ट्रियसभा निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा रहेका छन् ।