अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेलम्ची उद्घाटन गरेर जनताको मन जितें भन्ने प्रचण्डलाई बालेनको प्रश्न – हाम्रो एउटा मन कतिपटक जित्नुहुन्छ प्रचण्ड सरकार ?

मेलम्ची उद्घाटन गरेर जनताको मन जितें भन्ने प्रचण्डलाई बालेनको प्रश्न – हाम्रो एउटा मन कतिपटक जित्नुहुन्छ प्रचण्ड सरकार ?


काठमाडौं -काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, बालेनले प्रधानमन्त्री पुष्पकमल दाहालले आज मेलम्चीको पानी उद्घाटनका गरेकोप्रति व्यंग्य गर्दै एउटा मन कतिपटक जित्नुहुन्छ भनेर प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले मेलम्चीको पानी वितरणको उद्घाटन गरेपछि सामाजिक सञ्जालमार्फत् काठमाडौं महानगरका प्रमुख शाहले व्यंग्य गर्दै आफूहरुसँग भएको एउटा मन पनि कतिपल्ट जित्नुहुन्छ भन्दै प्रधानमन्त्रीप्रति प्रश्न गर्नुभएको छ ।

२०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले, २०७७ चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले, २०७९ वैशाख र मंसिरमा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले र आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरेको भन्दै व्यंग्य गर्नुभएको शाहले फेसबुकमा लेख्नुभएको छ, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर ।’

बालेनले फेसबुकमा यस्तो लेख्नु भएको छ

हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर ।

मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरु थाहा पाउनुहोस्

१. २०७७ फागुन – तत्कालिन प्रम केपी ओली

२.२०७७ चैत्र – तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी

३. २०७९ वैशाख – तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी

४. २०७९ मंसिर – तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी

५. आज ९२०८० माघ १० – प्रम पुष्पकमल दाहाल

अर्थात्, विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक भइसक्यो । मेलम्चीको पानी काठमाडौं ल्याउने भनेर वि। स। २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसको दुई बर्ष पछि २०५७ सालमा आयोजनाको विस्तृत ईन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो । तर सुरूङ खन्न शुरू गर्न पनि ११ बर्ष लगाएर २०६८ सालबाट मात्रै सुरूङ खन्न थालियो ।

त्यो ११ बर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरु नै फेरिएका थिए । मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तीको सूचि त झन् निकै लामो बन्ला । मेलम्चीका नाममा अरबौँका गाडी किनिएका थिए । एउटा दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना । तर काठमाडौँमा पहिलो पटक पानी झर्न त्यसको ९ बर्षपछि मात्रै सम्भव भयो ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले २०७७ फागुनमा मेलम्चीको पानी काठमाडौ झार्ने किर्तिमानका लागि उद्घाटन गर्नुभएको थियो । तर प्राविधिक पक्ष जोखिम हुँदा वर्षामा असर देखा पर्यो । बाढीको लेदो पसेर तथा बाढीले 1. Weir 2. Intake 3. Gravel flushing out let 4. Sand flushing system 5. Diversion tunnel outlet 6. Gates ) लगायतका संरचनाहरु ध्वस्त पारेपछि मेलम्ची बन्द भयो ।

आज पुनः पुष्पकमल दाहालले पनि उद्घाटन गर्नुभएको छ । बिडम्बना – प्राबिधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदैछ । बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरूङमा पसेर सुरूङ नै भरिन सक्छ, जसलाई निकाल्न बर्षौँ समय र अर्बौको लागत लाग्न सक्छ ।

बर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरु निर्माण भइसकेका नै छैनन् । यसैले बर्षायाम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु पर्ने अवस्था छ । हिउँदमै पनि लेदो नथिग्राइ desilting सिधै diversion canal बाट पानी सुरूङमा लैजादा त्यसमा भएका बालुवा सुरूङमा बिस्तारै थिग्रिएर केहि समय पछि सुरूङ पुरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन सक्छ ।

यसका लागि नयाँ intake  खोलाको माथितिर राम्ररी study गरेर सार्न आवश्यक छ । त्यस्तै, लेदो थिगार्ने संरचना Desilting Basin सुरूङ भित्रै बनाउन उचित हुन्छ । प्राविधिक जोखिमको आंकलन र समाधान नगरि उचित प्राविधिक अध्ययनबिना राजनैतिक stunt कै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उदघाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो ।

राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिकलाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।

हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस् धन्यवाद , हाम्रो मन साच्चै नै जित्नु भयो भनेर ।