अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुक बर्बाद हुनबाट बचाउन सशक्त आन्दोलनमा जानुपर्ने अवस्था छः अध्यक्ष ओली

मुलुक बर्बाद हुनबाट बचाउन सशक्त आन्दोलनमा जानुपर्ने अवस्था छः अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक बर्बाद हुनबाट जोगाउन केही समयभित्र सशक्त आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना भइरहेको बताउनुभएको छ। उहाँले देशको अवस्था अहिले जस्तो खराब कहिले नभएको बताउनुभयो।

आज पार्टी कार्यालय च्यासल ललितपुरमा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले  नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको चर्चा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। मुलुकमा धार्मिक विद्वेष फैलाउने र पहिचानका नाममा राजनीति भाड्ने काम भइरहेको भनाइ उहाँले राख्नुभयो। 

अध्यक्ष ओलीले विद्युत व्यापार, देशको भूभागको रक्षा लगायतका विषयमा वर्तमान गठबन्धन सरकार छिमेकीका लागि कम्फर्टेवलमात्र नभई घुँडाटेकुवा, दलाल र आत्मसमर्पणवादी भएको बताउनुभयो। 

उहाँले पार्टीभित्र अराजकता र अनुशानहीनता जस्ता कुरा स्वीकार्य नहुने स्पष्ट गर्दै आगामी २०८१ पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको बर्ष हुने बताउनुभयो। 

अध्यक्ष ओलीले नयाँ केन्द्रीय कमिटी सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै हरेक दृष्टिकोणबाट योग्यताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो। अध्यक्ष ओलीले वैचारिक र सूचनाका दृष्टिले निरन्तर अध्ययनबाट आफूलाई अद्यावधिक गर्न र वरव्यवहारमा अनुकरणीय बन्न आग्रह गर्नुभयो । 

नेकपा एमाले केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। 
अध्यक्ष ओलीले २६औं सचिवालय बैठकबाट  मनोनीत ६ जना केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराउनुभयो।

एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटी अधिवेशनअघि अध्यक्षको जिम्मेवारीमा रहेका र एक जना जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
मनोनीत हुनेमा कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, कर्णालीका बिनोद शाह र सुदुरपश्चिम प्रदेशका दामोदर भण्डारी हुनुहुन्छ ।

यस्तै झापा अध्यक्ष दिपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको छ । एमाले केन्द्रीय कार्यालयमा आज उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

शपथ ग्रहण कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरूको पनि उपस्थिति रहेको थियो ।