अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन : आचारसंहिता लागु 

राष्ट्रियसभा निर्वाचन : आचारसंहिता लागु 


काठमाडौँ–निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जारी गरेको आचारसंहिता लागु भएको छ । गएराति १२ बजेदेखि लागु भएको आचारसंहिता माघ १२ गते राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ । 

आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने आयोगले जनाएको छ । आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क १) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु गरिएको छ ।

यस्तै कुनै सरकारी वा अर्धसरकारी निकाय/सार्वजनिक संस्था वा विश्वविद्यालय/विद्यालय/महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न/गराउन पाइने छैन । 

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्न/गराउन नहुने आयोगले बताएको छ ।