अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले काठमाडौंले माघ २० गते युवा महोत्सव आयोजना गर्ने

एमाले काठमाडौंले माघ २० गते युवा महोत्सव आयोजना गर्ने


काठमाडौं-नेकपा एमाले काठमाडौंले काठमाडौंमा युवा महोत्सव-२०८० आयोजना गर्ने भएको छ।

एमाले काठमाडौंले समृद्धिका लागि युवा भन्ने मूल नाराका साथ माघ २० गते काठमाडौंमा युवा महोत्सव आयोजना गर्न लागेको हो। युवालाई पार्टीसँग जोड्न सो महोत्सव आयोजना हुन लागेको नेकपा एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले जानकारी दिनुभयो। युवालाई परिचालित गरेर युवालाई पार्टी प्रति ध्यानाकर्षण गराउन सो महोत्सव फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा युवालाई मोटिभेसन गर्ने खालका स्पिचहरु राखिने उहाँले बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सो महोत्सवमा मोटिभेसनल विचार राख्ने उहाँले जानकारी दिनुभयो।

महोत्सवमा युवालाई विभिन्न प्राविधिक विषयमा समेत जानकारी दिइने उहाँले बताउनुभयो। संसदीय अभ्यास कसरी सञ्चालन हुन्छ भन्ने विषयमा समेत युवालाई महोत्सवमा जानकारी दिने कार्यक्रम रहेको उहाँले प्रष्ट पार्नुभयो।