अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशलाई अप्ठेरो परे मिसन ८४ भनेर पर्खिन नसक्ने अवस्था आउन सक्छ: अध्यक्ष ओली

देशलाई अप्ठेरो परे मिसन ८४ भनेर पर्खिन नसक्ने अवस्था आउन सक्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एव‌ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अप्ठेरो परे मिसन ८४ भनेर पर्खिन नसक्ने अवस्था आउन सक्ने बताउनुभएको छ।

बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा बोल्नुहुँदै उहाँले वर्तमान सरकार  निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन आन्दोलनमा जानु पर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार रहन कार्याकर्ताहरुलाई निर्देशन दिनुभयो। 

वर्तमान सरकार बाँडिचुडी खान पल्केका लोभीपापीहरुको गठबन्धन भएको बताउँदै उहाँले सरकारमा देशदोह्री, भ्रष्टाचारी र कमिशनखोरहरु मात्र रहेकाे बताउनुभयो । 

‘यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न’, उहाँले भन्नुभयो, ‘उस्तै पर्‍यो भने गठबन्धन भत्काएर ‘लोभीपापीहरु नभत्किन सक्छन्।’

अध्यक्ष ओलीले दशे बर्बाद हुनबाट जोगाउन जनआन्दोलनको आवश्यकता पर्न सक्ने भन्दै त्यसका लागि संगठनलाई सुसंगठित गर्नु पर्ने बताउनुभयो।

‘जनताको बलमा आन्दोलनमा उत्रिन पर्ने, देश बर्बाद हुन बाट जोगाउनुपर्ने हुन सक्छ’ उहाँले भन्नुभयो। अध्यक्ष ओलीले पार्टीले सिठी बजाउँदा आन्दोलनमा उत्रिहाल्नसक्ने गरी तयार अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो।