अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब फेरि नेताका टाउका जोड्ने गल्ती गर्दैनौं: शंकर पोखरेल

अब फेरि नेताका टाउका जोड्ने गल्ती गर्दैनौं: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताका टाउको जोडेर बनाएको ‘नेकपा’ नटिकेपछि फेरि त्यही गल्ती नदोहोर्याउने बताउनु भएको छ।

पार्टी कार्यालय च्यालयमा आयोजित कार्यक्रममा बोल्दै पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनालको अवसरवाद सिकार हुँदा नेकपा नटिकेको आरोप लगाउनु भयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘अब हामीले राजनीतिक ध्रुविकरणको यात्रा तय गर्नुपर्छ। एक समय हामीले एउटा प्रयोग गर्यौं नेतृत्वलाई जोडेर पार्टीलाई बलियो बनाउन नेकपा बनायौं। तर, सफल हुन सकेन। यद्यपी, हाम्रो प्रयास मुलुकमा बलियो कम्युनिष्ट आन्दोलनको निर्माण गर्ने र समाजवाद निर्माणको आधार तयार गर्ने उद्देश्य अन्तर्गत हामीले एकता गरेका थियौं। तर, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल जस्ता व्यक्तिहरु राजनीतिक अवसरवाद सिकार हुँदा नेकपा निर्माणको हाम्रो सदासयता दुर्घटनामा पर्यो। अहिले पनि कतिपयले भन्ने गर्नुहुन्छ त्यो दुर्घटनाबाट आन्दोनलाई जोगाउने हो भने फेरि एकताको बाटो अबलम्बन गर्नुपर्छ भन्ने गर्नुहुन्छ।’

वामपन्थी एकता भनेर नेताका टाउको जोड्ने प्रयत्न गर्यौं भने कुनै सान्दर्भिकता नहुने महासचिव पोखरेलले बताउनु भयो। उहाँले भन्नुभयो, ‘अब हामीले फेरि वामपन्थी एकता भनेर नेताका टाउको जोड्ने प्रयत्न गर्यौं भने कुनै सान्दर्भिकता हुँदैन। त्यसले कुनै राष्ट्रिय सामर्थको शक्ति निर्माण गर्न सक्दैन। त्यस अर्थमा अब नेताका टाउका होइन कार्यकर्ताको मन जोड्नुपर्छ। त्यही अभियानमा अहिले तपाईंहरु एमालेमा जोडिनुभएको छ।’