काठमाडौँ–प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । आज एक सूचना जारी गर्दै काउन्सिलले ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिने जनाएको हो ।
एक ल्यापटप बराबर ४० प्रतिशत अनुदान उपलब्ध गराइने सूचनामा उल्लेख छ । यस्तै क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिइने काउन्सिलले जनाएको छ ।
काउन्सिलको सूचनामा भनिएको छ,’एक पत्रकार वा सञ्चार गृहबाट एकमात्र सुविधाको लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चार माध्यम र यसअधि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता हुनेछ । निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर र इमेल अनिवार्य हुनुपर्नेछ ।’
यस्तै काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखन र एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिनेछ ।







प्रतिक्रिया