काठमाडौँ–सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्नुहुने भएको छ ।
आज बिहान ११ बजे सभामुखले समिति सभापतिहरूलाई छलफलका लागि बोलाउनुभएको हो ।
समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया