अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले डोल्पा जिल्ला अध्यक्षमा लंक रोकाय निर्वाचित

एमाले डोल्पा जिल्ला अध्यक्षमा लंक रोकाय निर्वाचित


डोल्पा-नेकपा एमाले डोल्पाको अध्यक्षमा लंकबहादुर रोकाय निर्वाचित हुनुभएको छ।

सातौं जिल्ला अधिवेशनबाट रोकाय सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो। अधिवेशनले अध्यक्षसहित पदाधिकारी र जिल्ला कमिटी सदस्य पनि सर्वसम्मत चयन गरेको छ।

शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट जिल्ला कमिटी अध्यक्षमा लंकबहादुर रोकाय सर्वसम्मत निर्वाचित हुनुभएको कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहले बताउनुभयो। कमिटीको उपाध्यक्षमा लंकबहादुर शाही,सचिवमा जनक केसी र उपसचिवमा लोकेन्द्र राना मगर जुनी र बुढा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनबाट सर्वसम्मत रुपमा ७१ सदस्यीय जिल्लाक कमिटी निर्वाचित भएको कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले जानकारी दिनुभयो।