अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचनको पूर्वसन्ध्यामा अध्यक्ष ओली आज विराटनगर जाँदै

राष्ट्रियसभा निर्वाचनको पूर्वसन्ध्यामा अध्यक्ष ओली आज विराटनगर जाँदै


काठमाडौं-राष्ट्रियसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ विराटनगर जाँदै हुनुहुन्छ ।
पार्टीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओलीलाई विराटनगरमा निमन्त्रणा गरिएको कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
कोशीमा हिजो एमालेले आफ्ना उम्मेद्वार पर्शुराम अधिकारीलाई फिर्ता बोलाएर राप्रपाका उद्व पौडेललाई सघाउने सम्झौता गरेको छ । राप्रपाले एमालेकी रुक्मिणी कोइरालालाई सघाउने सम्झौता भएको छ । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुदैछ ।

कोशी प्रदेशमा हाल कोशीमा राष्ट्रियसभाका लागि ३६७ जना मतदाता रहेका छन् । जसमा प्रदेशसभा सदस्य ९३ र १३७ वटा पालिकाका प्रमुख उपप्रमुख गरेर २७४ जना छन् ।

राष्ट्रियसभामा प्रदेशसभाका सदस्यको मतभार ५३ रहेको छ भने पालिकाका प्रमुख उप प्रमुखको मत भार १९ रहेको छ । कोशी प्रदेशमा मतदाताको कूल मतभार १० हजार १३५ रहेको छ ।

कोशी प्रदेशको सबैभन्दा ठूलो पार्टी एमाले हो, जोसँग छन् ४० सांसद । त्यसपछि क्रमशः कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ प्रदेशसभा सांसद रहेका छन् । यी सबै गरेर प्रदेश सांसदहरूको कूल मत भार ४ हजार ९२९ हुनेछ ।

स्थानीय तहतर्फ यस प्रदेशमा १३७ वटा पालिका रहेका छन् । त्यसमा सबैभन्दा बढी नेपाली कांग्रेसका ११३ जना प्रमुख–उपप्रमुख छन् । दोस्रोमा एमालेका ११२, माओवादीका ३१, एकीकृत समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४(४ र स्वतन्त्र ३ जना रहेका छन् । कुल मिलाएर स्थानीय तहका २७४ जनप्रतिनिधिको जम्मा मत भार ५ हजार २०६ रहेको छ ।
प्रदेश र स्थानीय तहको गरी एमालेको कुल मत भार सर्वाधिक ४ हजार २४८ छ । यस्तै, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १,२७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार देखिन्छ ।

सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एस र जसपाको कुल मत भार हुन्छ, ५,४३६ रहेको छ । बाँकी रहेका एमाले(राप्रपा र स्वतन्त्र सबै मिल्दा कूल मतभार ४हजार ६९९ हुने छ ।