अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेसले तय गर्‍यो जिल्ला अधिवेशन र प्रतिनिधि परिषद् बैठकको मिति 

एमाले मधेसले तय गर्‍यो जिल्ला अधिवेशन र प्रतिनिधि परिषद् बैठकको मिति 


काठमाडौँ– नेकपा एमाले मधेस प्रदेश कमिटीले प्रदेशका आठ वटै जिल्ला कमिटीको जिल्ला परिषद् र अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । जनकपुरधाममा बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।  

बैठकले महोत्तरीको माघ २२ र २३, रौतहटको माघ २५ र २६, पर्साको माघ २८ र २९ गते र बाराको फागुन १२ र १३ गते हुने जिल्ला अधिवेशन भव्य बनाउन सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिएको छ । सर्लाही, धनुषा, सिरहा र सप्तरीको जिल्ला अधिवेशन चैतको पहिलो हप्ताभित्र गरिसक्न जिल्ला कमिटीलाई निर्देशन दिएको एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिनुभयो । 

यस्तै बैठकले जिल्ला प्रतिनिधि परिषद्को बैठकसमेत तय गरेको छ । रौतहटको माघ १८, बाराको माघ २०, पर्साको माघ २१, सर्लाही र सिरहाको फागुन ५ र धनुषा तथा सप्तरीको फागुन ७ गते जिल्ला प्रतिनिधि परिषद्को बैठक गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रदेश अधिवेशनका बखत नवीकरण भई केन्द्रबाट प्रमाणीकरण भएर आएका सदस्यहरूबाट   जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णयसमेत गरेको सचिव पौडेलले बताउनुभयो ।