अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा विद्रोहको नालिबेली ‘२८साल’ को अध्यक्ष ओलीले आज विमोचन गर्नुहुँदै

झापा विद्रोहको नालिबेली ‘२८साल’ को अध्यक्ष ओलीले आज विमोचन गर्नुहुँदै


काठमाडौं -नेकपा एमालेको जगको रुपमा रहेको झापा विद्रोहका बारेमा पत्रकार कुमार भट्टराईले लेख्नु भएको पुस्तक २८ सालको आज नेकपा एमालेका अध्यक्ष केपी र्मा ओलीले विमोचन गर्दैहुनुहुन्छ ।
आज दिउसो २ बजे प्रज्ञाप्रतिष्ठान कमलादीमा आयोजना हुन कार्यक्रममा झापा विद्रोहका अन्य नेताहरुको उपस्थितीमा अध्यक्ष ओलीले पुस्तक विमोचन गर्ने तयारी रहेको प्रकाशक साँग्रिला बुक्सले जनाएको छ ।
उपन्यासको रुपमा लेखिएको पुस्तकमा झापा विद्रोहका ३५ जना पात्रहरुले त्यो आन्दोलन उठ्नुको कारण,त्यसको विस्तार,साँगठनिक गतिविधी आदिका बारेमा पालैपालो बताएका छन् । साहित्यक भाकामा लेखिएकोले पुस्तक पढ्दा त्यसबेला संगठन गरेका,बैठक राखिएका,सेल्टर लिइएका,एक्सन गरिएका सबै ठाउँमा पाठक आफैं पुगेजस्तो महसुष हुन्छ । खासगरी २०२७ साल चैत्मा पूर्वकोशी प्रान्तीय कमिटीबाट झापाली युवाहरुले विद्रोह गरेर कोअर्डिनेसन केन्द्र (कोके) गठन गरेपछि झापामा जमिन्दारका विरुद्ध शसस्त्र कार्यबाही सुरु गरिएको पुस्तकबाट थाहा हुन्छ । यस आन्दोलनका एकजना नायक केपी शर्मा ओलीले ब्यक्ति हत्याबाट राजनीति हुदैन । राजनीतिक बिचार र दृष्किोणबाट जनतालाई जगाउनु पर्दछ भन्ने तर्क उसैबेला राख्नु भएको पुस्तबाट थाहा हुन्छ । कोके काल भनेर २०२७ को चैत देखि नेकपा माले नभएसम्म्को अवधीलाई जनाउदछ । छरपष्ट भएर रहेका कम्यूनिष्टहरुले एक्तावद्ध भएर २०३५ सालमा नेकपा माले गठन गरेपछि कोके पनि त्यही बिलय भएको थियो । झापाली क्रान्तीकारी युवाहरुको भेलाले कोकेको पहिलो सचिव राधाकृष्ण मैनाली २०२७ साल चैतमा चयन गरेको थियो । दोस्रो सचिव २०२९ भदौमा केपी शर्मा चयन हुनुभयो । उहाँ मोहनचन्द्रलाई खोज्न भारत गएपछि २०२९ फागुनमा सिपी मैनाली कोकेको तेस्रो सचिव हुनुभयो । मैनली जेल परेपछि नयाँ सचिवको जिम्मेवारी कसैलाई दिइएन । मैनालीकै पालामा माले गठन गरिएको हो ।
पुस्तकमा त्यतीबेला पार्टीले गरेका एक्सनमा परेका परिवारका वास्तविकता र व्यथालाई उनीहरुकै मुखबाट बयान गराइएको छ । पुस्तकको अन्त्यतिर काँग्रृेसको राजनीति झापामा कसरी छिर्यो भन्ने पनि सानो झलक पढ्न पाइन्छ । केशव कुमार बुढाथोकी र पूर्णानन्द शर्मा जस्ता पात्रहरुले यसको व्याख्या गरेका छन् ।