अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन

आचारसंहिता उल्लंघन गर्दै शेखर कोइरालाले गरे चियापान कार्यक्रम

आचारसंहिता उल्लंघन गर्दै शेखर कोइरालाले गरे चियापान कार्यक्रम


विराटनगर-निर्वाचन आचारसंहिता उलङ्घन गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गर्नुभएको छ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि जारी रहेका बेला कोइरालाले विराटनगरस्थित निवासमा चियापान कार्यक्रम आयोजना गर्नुभएको हो।

चियापानमा राष्ट्रियसभाका उम्मेदवार समेत रहनु भएका कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत सहभागी हुनुभएको छ।

चियापानमा निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई बोलाइएको छ ।

शून्य समयको बेला कोइरालाले उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहिता छ।

कोशीका दुई सिटमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ ।