अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘२८ साल’ले केपी ओलीलाई हिंसा विरोधी नेताको रुपमा उभ्याएको छ : पुरुषोत्तम दाहाल

‘२८ साल’ले केपी ओलीलाई हिंसा विरोधी नेताको रुपमा उभ्याएको छ : पुरुषोत्तम दाहाल


काठमाडौं -२८ साल नामक पुस्तकले केपी शर्मा ओलीलाई राजनीतिक हिंसाको विरुद्धको विगतलाई उजागर गरेको बताएका छन् । पत्रकार कुमार भट्टराईले लेखेको २८ साल नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले ओलीले ंिहसाका विरुद्ध त्यसबेला देखि राखेको अडान प्रशंसनीय रहेको बताउनुभयो ।
तत्कालिन पूर्व कोशी प्रान्तीय कमिटीबाट विद्रोह गरेर बनाइएको झापा कोअर्डिनेसन केन्द्र (कोके)ले मोहीहरुको हक अधिकार स्थापित गर्नका लागि जमिनदारको हत्या गर्ने निर्णय गर्दा ओली त्यो लाइनका विरुद्ध उभिएको दाहालले बताउनुभयो ।
े त्यसबेलाका झापाका विद्रोहीहरुले आफ्नो पार्टीका अध्यक्ष माओत्सेतुङलाई मान्नुपर्दछ भन्ने ओलीले नेपालको पार्टीका नेता विदेशी हुन सक्दैनन् नेपाली नै हुन्छन् भनेर अडान लिएको प्रशंगले ओलीको राष्ट्रियताप्रतिको प्रेम राजनीतिको सुरुवाती विन्दु देखि नै भएको बुझ्न गाह्रो नभएको पुस्तकको समिक्षा गर्ने क्रममा दाहालले बताउनुभयो । ‘विद्रोही चेत सहित चारु मजुमदारका थुप्रै कुरा सम्मानयोग्य छन् तर विद्रोहको नाममा हत्या आतंकको पछि लाग्नु हुन्न भन्नेमा केपी ओलीको धारणा सधैं स्थिर रहेछ’ दाहालले भन्नुभयो ‘यो पुस्तक पढेपछि केपी ओलीप्रति मेरो धारणा नै बदलियो ।’
झापा विद्रोहमा सहभागी भए बापत १० वर्ष जेल बसेका ठूलो दुर्गा अधिकारीले विद्रोहको सपना अझै पुरा नभएको बताउनुभयो । उहाँले पार्टीमा संघर्ष गरेर नेपाली जनता माझ स्थापित हुने बेलामा केही व्यक्तिहरुले पार्टी फुटाएर झापा विद्रोहलाई धोका दिएको स्पष्ट पार्नुभयो ।
पत्रकार भट्टराई करिब ८ वर्षको खोज अनुसन्धानपछि ४४० पेजको यो कृति तयार गर्नुभएकोे हो । यस विद्रोहसँग सम्बन्धित करिब ३७ जना पात्रसँग लामा कुराकानी गरेर पुस्तक तयार गरिएको छ ।