अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरको दोस्रो अधिवेशन माघ १२ गते   

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरको दोस्रो अधिवेशन माघ १२ गते   


काठमाडौं-नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी-उदयपुरको दोस्रो अधिवशेन यही माघ १२ शुक्रबार सामाखुशी, काठमडौंमा गर्ने भएको छ।

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका कोषाध्याक्ष राकेश राईको प्रमुख आतिथ्यमा दोस्रो अधिवशेन २०८० माघ १२ गते क्वालिटी फुड क्याफे सामाखुशी, काठमडौंमा गर्न लागेको राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी-उदयपुर अध्यक्ष महेश कुमार मगरले बताउनुभयो।

उदयपुर जिल्लाबाट काठमाडौं आएर विभिन्न, पेशा व्यवसाय र शैक्षिक क्षेत्रमा आवद्ध युवाहरुलाई लक्षित गरी यो अधिवेशन गर्न लागेको अन्तर जिल्ला कमिटी-उदयपुरका अध्यक्ष मगरले बताउनु भयो।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी र जिल्ला कमिटीका नेता र राष्ट्रिय युवा संघ नेपालका पदाधिकारीहरु लगायतको उपस्थिति रहने समेत मगरले बताउनुभयो।