अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस, नोबेलमा उपचार हुँदै 

ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस, नोबेलमा उपचार हुँदै 


काठमाडौँ– मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधवार साँझ ७ः१० बजेतिर बेहोस भएर ढल्नुभएको हो । खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उहाँलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको छ ।

नोबेलको भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको थप उपचार भइरहेको र अझैसम्म अचेत अवस्थामै रहेको गाउँपालिकाले जनाएको छ । थारु नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।  

राष्ट्रियसभा निर्वाचनका लागि आज ९ बजेदेखि  मतदान हुँदै छ । स्थानीय तहका प्रमुख एवं उपप्रमुख पनि निर्वाचनका मतदाता हुन् ।