अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा मतदान सकियो

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा मतदान सकियो


सुर्खेत-राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ। तीन सदस्यका लागि भएको निर्वाचनमा शतप्रतिशत भोट खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट सुरू भएको मतदानमा प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ गरी १९६ मतदाताले मतदान गरेको कार्यालयले जनाएको छ।

राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा दलित, महिला र अन्य गरी तीन पदका लागि गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन्।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (अन्य), नेकपा माओवादीका विष्णु बहादुर विक (दलित) र एकीकृत समाजवादीकी सावित्री मल्ल(महिला) उम्मेदवार छन्। एमालेबाट विमलाकुमारी शाही (महिला), डिल्लीप्रसाद भट्ट(अन्य) र हिक्मत विक (दलित) उम्मेदवार छन्।