अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा चुनाव: बागमती प्रदेशमा ५ जना अनुपस्थित

राष्ट्रियसभा चुनाव: बागमती प्रदेशमा ५ जना अनुपस्थित


हेटौंडा-राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान सम्पन्न भएको छ। हेटौंडामा सम्पन्न मतदानमा कूल ३४७ मतदाता मध्ये ३४२ मत खसेको छ। ५ जना मतादाता भने मतदान प्रक्रियामा सहभागी भएनन्।

स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्य मध्य १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका छन् ।

प्रदेश सभा तर्फ हाम्रो नेपाली पार्टी (हानेपा) का दुई सांसद शैलेन्द्रराज बज्रचार्य र समता खड्की मतादानमा सहभागी भएनन्।  यस्तै स्थानीय तहतर्फ ३ मतदाता मतदान प्रक्रियामा सहभागी भएनन्। काठमाडौंका मेयर बालेन्द्र शाह, नुवाकोटाको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ र काभ्रेको चौरी देउराली गाउँपालिकाको उपाध्यक्ष शेरबहादुर लामा मतदान प्रक्रियामा सहभागी नभएका हुन्।

बागमतीमा ४ जना राष्ट्रिय सभा सदस्यका ६ राजनीतिक दलबाट १५ जना उम्मेदवार मैदानमा उत्रिएका छन्।