अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिममा मतगणना सुरु

राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिममा मतगणना सुरु


कैलाली-सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ। सहायक निर्वाचन अधिकृत प्रेम भट्टले मतगणना सुरु भएको जानकारी दिनुभयो।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनीहरु सबैले मतदान गरेका छन् । त्यस्तै स्थानीय तहका १७६ जनप्रतिनिधिमध्ये एक जनाको निधन भएको थियो। १७५ जनामध्ये धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले मतदान गरेनन् ।

यहाँ तीन पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणनादगत्तै परिणाम सार्वजनिक हुने भट्टले बताउनु भयो।