अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन: यी हुन् विजयी हुने १९ सांसद्

राष्ट्रियसभा निर्वाचन: यी हुन् विजयी हुने १९ सांसद्


काठमाडाैं-बिहीबार भएकाे राष्ट्रिय सभा सदस्य चुनावकाे नतिजा सार्वजनिक भएकाे छ।

१९ सिटका लागि बिहीबार बिहान ९ बजेदेखि दिउँसाे ३ बजेसम्म भएकाे चुनावमा सत्ता गठबन्धनले १८ सिट र प्रमुख प्रतिपक्षी नेकपा एमालेले १ सिट जितेकाे छ।

काेशी प्रदेशमा महिलातर्फ एमालेकी रुक्मिणी काेइराला निर्वाचित हुनुभयाे । काेशीमा अन्यतर्फ गठबन्धनबाट नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटाैला निर्वाचित हुनुभयाे।

मधेस प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित हुनुभयो। 

त्यस्तै गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै नेपाली कांग्रेसका पदमबहादुर परियार, नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का मनरुपा शर्मा निर्वाचित हुनुभयो। 

यी हुन् चुनावबाट निर्वाचित राष्ट्रिय सभा सदस्य:

काेशी प्रदेश

रुक्मिणी काेइराला (नेकपा एमाले-महिला)

कृष्ण प्रसाद सिटाैला (नेपाली कांग्रेस-अन्य)

मधेश प्रदेश 

आनन्दप्रसाद ढुंगाना  (नेपाली कांग्रेस-अन्य)

पूजा चौधरी (जनता समाजवादी पार्टी-महिला)

वाग्मती प्रदेश 

जितजंग बस्नेत (नेपाली कांग्रेस-अन्य)

विष्णुकुमारी पुडासैनी (नेपाली कांग्रेस-महिला)

श्रीकृष्ण अधिकारी (नेकपा माओवादी केन्द्र-अपांगता-अल्पसंख्यक)

घनश्याम रिजाल (नेकपा एकीकृत समाजवादी-दलित)

गण्डकी प्रदेश 

मनरुपा शर्मा (नेकपा माओवादी केन्द्र- महिला)

पदम परियार (नेपाली कांग्रेस- अपांगता-अल्पसंख्यक)

किरणबाबु श्रेष्ठ (नेपाली कांग्रेस-अन्य)

लुम्बिनी प्रदेश

विष्णुकुमारी सापकोटा  (नेपाली कांग्रेस-महिला)

झक्कुप्रसाद सुवेदी  (नेकपा माओवादी केन्द्र-अन्य)

सुदूरपश्चिम प्रदेश

रेनु चन्द (नेकपा माओवादी केन्द्र- महिला)

नारायणदत्त भट्ट (नेपाली कांग्रेस- अपांगता-अल्पसंख्यक)

बलदेव बोहरा नेपाली (नेपाली कांग्रेस-अन्य)

कर्णाली प्रदेश

सावित्री मल्ल (नेकपा एकीकृत समाजवादी-महिला)

कृष्णबहादुर रोकाया (नेपाली कांग्रेस-अन्य)

विष्णु बहादुर विक (नेकपा माओवादी केन्द्र- दलित)