अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेता बास्कोटा भन्नुहुन्छ– सजिलो छ, मायामा घात भए सम्बन्ध तोड

नेता बास्कोटा भन्नुहुन्छ– सजिलो छ, मायामा घात भए सम्बन्ध तोड


काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले मायामा घात भए सम्बन्ध तोड आग्रह गर्नुभएको छ । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा नेपाली कांग्रेसले धोका दिएको भन्दै नेकपा माओवादी केन्द्रले असन्तुष्टि व्यक्त गरेको छ । 

त्यसपछि सामाजिक सञ्जालमा नेता बास्कोटाले लेख्नुभएको छ, राष्ट्रियसभामा कोशीबाट रुक्मणी कोइरालाको जीतपछि गठबन्धनमा घातको रोइलो सुनियो ।तोरीमा कोदो मिसाएपछि तेल हैन, पिना निस्कन्छ । गठबन्धनद्वारा क्रमशः हाइज्याक र संकुचीत पारिएको हिप्पोक्रेसीका विरुद्ध  र मतदाताले गरेको वाईडर डेमेक्रेटिक अभ्यासको परिणाम हो । सजिलो छ, मायामा घात भए सम्बन्ध तोड ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा एमाले उम्मेदवार कोइरालासँग माओवादीकी चम्पा कार्कीलाई अप्रत्याशित ढंगले पराजित गर्नुभएको हो ।